कर्णालीलाई पराजित गर्दै गण्डकी प्रदेशको पहिलो जित

काठमाडौं : काठमाडौंमा जारी यू(१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्‍यो।

कर्णालीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा जित निकालेको कर्णाली त्यसपछि भने खराव प्रदर्शनको सिकार भएको छ।

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले गण्डकीसामु कमजोर स्कोर तयार गरेको थियो।कर्णाली २८ ओभरमानै अलआउट हुँदै ११३ रन मात्र जोड्न सक्यो।

उसका लागि प्रकाश जैशीको २६ रन सर्वाधिक रह्यो। त्यस्तै, रूपक दाहालको २० रन बनाउँदा अनुज चनराले २२ रन बनाए। थप दोहोरो स्कोरका रुपमा सुवास अयरको १७ र ओपनर मनिस थापाको ११ रन रह्यो।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका किरण पौडेलले ३ विकेट लिए। त्यस्तै, सुदीप अर्‍याल र सुवास भण्डारीको नाममा १(१ विकेट रह्यो।

११४ रनको लक्ष्य पछ्याएको गण्डकीले २६।५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो  । गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ३४ रन बनाउँदा उत्सव श्रेष्ठले २६ रन जोडे। त्यस्तै, अर्जुन कुमालको १४ रन रह्यो। त्यस्तै सुजन गौतम १३ रनमा आउट भए। उसका लागि सुवास भण्डारी ६ तथा किरण पौडेल ४ रनमा अविजित रहेका थिए।

कर्णालीलाई पराजित गर्दै गण्डकी प्रदेशको पहिलो जित

कांगेस छाडेर ४ जना युबा माओबादी केन्द्रमा

Leave a comment

Your email address will not be published. Required fields are marked *