कांग्रेसको आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्नुपर्छ : गगन थापा

काठमाण्डौ : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताउनुभएको छ ।

शनिवार नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताउनुभएको हो । उहाँले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताउनुभयो । नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्ने बताउनुभयो ।

‘यो अधिवेशनबाट कांग्रेसको मूल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठूलो प्रश्न हो । हाम्रो अगाडीको सबैभन्दा ठुलो प्रश्न यो होु उहाँले भन्नुभयो, ुहामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । आम नागरिकको बीचमा गयो भने ठूलो निराशा छ । युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बीचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताउनुभयो । कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उहाँले बताउनुभयो । सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेसको आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्नुपर्छ : गगन थापा

YUGAAWHAN NATIONAL DAILY (2078-8-011)

कांग्रेसको आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्नुपर्छ : गगन थापा

कर्णालीलाई पराजित गर्दै गण्डकी प्रदेशको पहिलो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *