पदाधिकारीको झगडाले कर्मचारीले तलव पाएनन

सुर्खेत, १५ फागुन ।
सुर्खेत उपत्यका खानेपानी संस्थामा पदाधिकारीहरुको झगडाका कारण कर्मचारी तलव खानबाट बन्चित भएका छन् । अध्यक्ष कुलमणि देवकोटा, सचिव चक्रबहादुर सुनार र कोषाध्यक्ष रामबहादुर गौतमबीचको झगडाका कारण कर्मचारीले तलव खान नपाएका हुन् । यता अध्यक्ष देवकोटाले भने कोषाध्यक्षकै कारण कर्मचारीलाई तलव खुवाउन नसकिएको बताएका छन् । 
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष देवकोटाले कोषाध्यक्ष गौतमले संस्थाको मूल खातामा रकम निकासाका लागि चेकमा हस्ताक्षर नगरेका कारण कर्मचारीलाई तलव खुवाउन नसकेको बताएका छन् । मुल खाताबाट रकम झिल्न नपाउँदा मंसिरदेखि
कर्मचारीले तवल खान नपाएको, नगर विकास कोषबाट संस्थाले लिएको ऋणको साँवाब्याज भुक्तानी नहुँदा ब्याजको भार बढेको र निर्माण व्यावसायीहरुको धरौटी रकम फिर्ता गर्न नसकिएको अध्यक्ष देवकोटाले विज्ञप्तिमार्फत जनाएका छन् । त्यस्तै
संस्थाका सचिव सुनारले माइनुटनै कब्जा गरेर घरमा लिएको अध्यक्षले आरोप लगाएका छन् । सचिवबाट संस्थाको माइनुट ल्याउ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको समेत देवकोटाले जनाएका छन ।






