फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, १५ फागुन
।सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि 
व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।






