‘वादी समुदायलाई जग्गा दिन सक्दैनौं’

सुर्खेत, १५ फागुन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । 
प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ मुख्यमन्त्री शाहीले भने । तर, वादी समुदायलाई आयआर्जन गर्ने, घर बनाउने लगायतका अन्य कुनै पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । मुख्यमन्त्री शाहीले जग्गा दिन सक्ने अधिकार स्थानीय तह र संघ सरकारसँग
मात्रै भएको बताउँदा वादी समुदाय नाराबाजीमा उत्रिएका थिए । सरकारले जग्गा नदिएसम्म धर्ना जारी राख्ने उनीहरुको भनाइ छ । मुख्यमन्त्री शाहीले आफूहरुलाई चित्तबुझदो जवाफ नदिएको अगुवा हिक्मत वादीले बताएका छन।






