गल्फमा जुटे कर्णालीका युवा

सुर्खेत, १५ फागुन ।
कर्णालीकाबाट रोजगारीको सिलशिलामा कुवेतमा रहेका युवाहरु संगठित भएका छन् । शुक्रवार कर्णालीकाबाट रोजगारीको सिलशिलामा कुवेतका विभिन्न ठाउँहरुमा पुगेका युवाहरु कणर्ाली प्रदेश समाजमा संगठित भएका हुन् ।
भेलाले रमेश शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा पोषण थापा, प्रेम नांगल, महासचिव जंगबहादुर बम, सचिवमा शेरबहादुर विकलाई चयन गरेको छ । यस्तै कोषाध्यक्षमा दिप परियार चयन भए भने सदस्यमा दिपक दर्जी, हिमाल रावत, भिम विके, रामबहादुर विके, प्रेम शाही, हिरा पोख्रेल बोणर्े कामी, प्रेमबहादुर विष्ट र खगेन्द्र हमाल चयन भए भने समाजको सल्लाहकारमा लालबहादुर बुढामगर चयन भएका छन् ।
पछिल्लो समय कणर्ालीबाट रोजगारी तथा अध्ययनका लागि प्रवासमा रहेका युवाहरु संगठित हुने क्रम बढेको छ । यहीक्रमा केही समय अगाडि कृष्ण शाहीको अध्यक्षतामा जापानमा पनि कर्णालीका समाजको स्थापना भएको थियो ।
संगठनका माध्यमबाट कर्णालीकाको समग्र विकास तथा पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउनुका साथै यहाँ रहेका असाय, असंक्त तथा विपद्मा परेकाहरुको उत्थानको लागि सहयोग पुर्याउने उद्देश्यका साथ समाजको गठन गरिएको अध्यक्ष रेशम शाहीले युगआह्वानसँगको टेलीफोन संवादमा बताए ।






