मुगुमा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

खड्क सुनार
मुगु, १५ फागुन ।
मुगुमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हुम्लाबाट मुगु जादै गरेको एक पैदल यात्री महिला छायानाथ रारा नगरपालिका–१४ बाम लौरीडाँडा खोला नजिकै लु ४ त ७३६६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सोही ठाउँकी ४८ वर्षीया धर्मशीला बढुवालको मृत्यु भएको हो ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बुढाको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । मृतक बढुवालको टाउको र दुवै खुट्टामा गहिरो चोट लागेको र ट्याक्टर चालक रूकुम पश्चिम आठबिसकोट नगरपालिकाका २३ वर्षीय राजु चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्राईले जानकारी दिए ।

मुगुमा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

छुट पुर्जी नै नभएको ७ हजार केजि

मुगुमा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

‘ऊबेला पढेको मान्छे शिक्षक नै हुनुपर्छ भन्थे’

Leave a comment

Your email address will not be published. Required fields are marked *