छुट पुर्जी नै नभएको ७ हजार केजि जडिबुटी भेटियो, व्यापारी भने सम्पर्क विहिन

दुर्गा विसी
सल्लीबजार, १५ फागुन ।
सल्यानको सल्लिवजारमा जाजरकोटबाट जडिबुटी बोकेर जाँदै गरेका दुई ट्रक नियन्त्रणमा लिई खानतलासी गर्दा ७ हजार केजी बढी ६ प्रकारका जडिबुटी फेला परेको छ । ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको छ ।
छुट पुर्जी भएको कालोकाठ, पदमचाल, बोझो जरा, पाखनवेद,लोक्ता र टिमुर गरी ९ हवार ३ केजी रहेको छ भने छुट पुर्जी नै नभए सुक्दवाल (समायो) विसफेद, अमला, काउलो र तितोको बोक्रा गरी ७ हजार ७ सय ५८.९८ केजि जडिबुटी अवैध तरिकाले पैठारी हुन थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभएको छ ।
थापाका अनुसार उक्त जडिबुटी व्यापारी राम प्रसाद चौलागाईं ईलाका प्रहरी कार्यलय सल्लीवजारमा मुचुल्का गराउँदै गर्दा सम्पर्क विहिन भएको जनाएको छ । चौलागाईंको खोजी भैरहेको जनाएको छ । छुट पुर्जी बेगरको सबै जडिबुटी जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।
ट्रक चालक तुलाराम थापालाई पनि जिल्ला पठाएको छ भने अर्का ट्रक चालक गणेश विकसहित जडिबुटी व्यापारी चौलागाईं सम्पर्कमा नरहेको ईलाका वन कार्यालय सल्लिवजारले जनाएको छ । दुबैको खोजी कार्य जारी रहेको समेत जनाएको छ । मुद्दा चलानको लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।
सोही विषयलाई लिए केही दिन अघि मात्रै सल्लिमा सरुवा भैइ आउनु भएका ईलाका इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको छ भने सोहि ठाउँमा ईलाका इन्चार्जको रुपमा कमल आचार्यलाई पठाएको छ । चेकजाँचमा कडाई नहुँदा छलि गरेर अवैध सरसामान सल्लीवजार नाकाबाट जडिबुटी, काठ र अन्य थुप्रै चिजहरु सधैं पैठारी हुने गरेको छ ।
सल्लीवजार भन्दा माथिल्लो सुर्खेत र जाजरकोटका चेक पोइन्टहरुबाट निर्वाध रुपमा ती ट्रक सल्ली आइपुगेका थिए । सम्पर्क विहिन व्यापारी र उनका आफ्न्तहरुले विहिवार विहानसम्म निर्दोष व्यापारीलाई प्रहरीले दुख दिनका लागि यो खेल गरेको जनाएका थिए । निकै कडारुपमा उत्रिएका उनीहरु भने एकाएक सबै सम्पर्क विहिन भएका छन् । मुचुल्का तयारी हुनै थाल्दा उनीहरु बहाना बनाई सम्पर्कमा नआएको जनाएको छ ।






