राप्रपा नगर स्तरीय कार्यसमिति चयन

दुर्गा विसी
सल्लीबजार, १४ फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय राप्रपा नेपालको कार्य समिति चयन गरिएको छ । सल्लिवजारमा भएको कार्यक्रम डिल्ली रानाको अध्यक्षतामा सदस्य कमिटी गठन गरिएको छ ।साथै नेकपा र नेपाली पार्टी प्रत्याग गर्नेहरुलाई समेत सोही कार्यक्रम नगर कमिटीमा छनांैट गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले नव प्रवेशिकालाई सदस्यता प्रदान गर्नुभएको थियो । सोही कार्यक्रम बोल्दै श्रेष्ठले देशमा नेकपा शक्तिले राष्ट्रलाई छियाछिया पारेको जनाउनुभयो । सर्वहारा कम्यूनिस्टका सल्यान जिल्लाका सल्लिबजार, बाग्चौर, शितलपाटी, कुमाख, कालिमाटी लगायतका बजारहरुमा ठुला ठुला महल कसरी बने, कम्युनिस्टहरूकै ठुला घर स्रोत के हो भने श्रेष्ठको आरोप थियोे ।

राष्ट्र र राष्ट्रियता वचाउन राजावाहेक यो देशमा अरुको परिकल्पना गर्न नसकिने जनाएको छ । त्यसैले कम्युनिस्ट र कांग्रेसीहरुको झुटा सफेत चिरफार गर्न आफ्ना कार्यकर्तालाई जोड दिएको छ । नगर कमिटी गठन कार्यक्रम नगर इन्चार्ज शिव वली, युवा मोर्चाका जिल्ला अध्यक्ष रञ्जित श्रेष्ठ, केन्द्रीय सदस्य विमर्श प्रधान र प्रदेश सदस्य वालाराम शर्माले धारणा राख्नुभएको थियोे ।

प्रवेश गर्नेमा पुर्व साविक मुलाखोला गाविस नेपाली कांग्रेसका सभापति मानवहादुर राना, कृति कुमारी नाथ, गोपाल खड्का, धनिराम विक, भिमवहादुर वलि, फनेन्द्र साहु, धने पुन, चन्द्रकला कठ्यात, दुर्पती वादि, रेणु चौधरी, जयन्ती कामी, पठवहादुर वस्नेत, जुद्दे घर्ती, प्रकाश श्रेष्ठ, धने दमाई र चन्द्रवहादुर पुन राप्रपा प्रवेश गरेका छन् । रानाको अध्यक्षतामा ३१ सदस्य नगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा चुडामणि कुमाइ, सचिवमा मोहन नेपाली, सहसचिवमा मानवहादुर रानालाई छनांैट गरिएको छ ।

राप्रपा नगर स्तरीय कार्यसमिति चयन

YUGAAWHAN NATIONAL DAILY (2077-11-14)

राप्रपा नगर स्तरीय कार्यसमिति चयन

छुट पुर्जी नै नभएको ७ हजार केजि

Leave a comment

Your email address will not be published. Required fields are marked *