तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।

प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन गरी सुरक्षित स्थानमा सर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ।

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

के कोभिड १९ विरुद्धको खोपले गर्भवती हुने

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *