सांसद तथा नायिका नुसरत बनिन् आमा : श्रीमानले भनेका थिए, ‘यो मेरो बच्चा होइन’

एजेन्सी । टीएमसीकी सांसद तथा नायिका नुसरत जहां आमा बनेकी छिन् । नायिकाले छोरा जन्माएकी छिन् ।

नुसरतलाई २५ अगस्टको राती कोलकाताको नियोसिया अस्पताल भर्ना गरिएको थियो । अभिनेता यश दासगुप्ताले नुसरतलाई अस्पताल लिएर गएका थिए ।

सुत्केरी हुनु अघि नुसरतले आफ्नो फोटो इन्स्टामा सेयर गरेकी थिइन्, ‘फेथ ओभर फियर’ । आमा बनेपछि नुसरत जहांलाई प्रशंसक र सेलिब्रिटीले बधाई दिइरहेका छन् ।

नुसरत जहांको गर्भावस्थाको विषयमा निकै विवाद भएको थियो । थुप्रै दिनदेखि नुसरत गर्भवती भएको खबर आइरहेको थियो । पछि नुसरतको बेबी बम्पसहितको फोटो चर्चाको विषय बनेको थियो ।

जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यति नै बेला नायिका उनका श्रीमानबाट अलग्गिएको कुरा पनि सार्वजनिक भएको थियो । निखिल जैनसँग नुसरतको विवाह सन् २०१९ मा भएको थियो तर तनावपछि उनीहरु सन् २०२१ मा अलग्गिए ।

सांसद तथा नायिका नुसरत बनिन् आमा : श्रीमानले भनेका थिए, ‘यो मेरो बच्चा होइन’

बलिउडका यी सेलिब्रेटीका नाममा गिनीज वल्र्ड बुक

सांसद तथा नायिका नुसरत बनिन् आमा : श्रीमानले भनेका थिए, ‘यो मेरो बच्चा होइन’

‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद

Leave a comment

Your email address will not be published. Required fields are marked *