तरबारको धारमा अफगानिस्तान : देश छोड्नेको भिड अहिले पनि उस्तै

एजेन्सी । तालिबानले काबुल कब्जा गरेपछि त्यहाँका लाखौं नागरिक देश छोड्न चाहन्छन्। विगत दुई हप्तादेखि काबुलस्थित हामिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्ने नागरिकको भिड छ।

तालिबानको हिंसात्मक गतिविधि र शरिया कानुन लगाउने डर अफगानी जनतामा छ। देश छोड्नेको भिड उल्लेख्य भए पनि अगष्ट १४ देखि अहिलेसम्म ७० हजार ७०० मानिसहरूलाई अफगानिस्तानबाट निकालिएको अमेरिकी राष्ट्रपति जो. बाइडेनले जनाएका छन्।

अफगानिस्तानबाट आफ्ना नागरिक फर्काउन विश्वभरका देशले काम गरिरहेका छन्। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सहयोगी देशहरूले ३१ अगष्टसम्म तोकिएको समयसीमा विस्तार गर्न तालिबानसँग आग्रह गरेका छन्।

तालिबानको कब्जाले अस्तव्यस्त बनेको काबुल यतिखेर अर्को चरमपन्थी संगठन इस्लामिक स्टेटको खतरा बढिरहेको राष्ट्रपति बाइडेनले जनाएका छन्। जर्मनीले सुरक्षा आवश्यकता महसुस गरेका सबै अफगानीलाई ३१ अगष्टसम्म उद्दार गर्न नसकिने जनाएको छ। तालिबानले ३१ अगष्टभित्र उद्दारका काम सक्न अमेरिकी गठबन्धनलाई समयसीमा दिएको छ।

तरबारको धारमा अफगानिस्तान : देश छोड्नेको भिड अहिले पनि उस्तै

विदेश बसेका गोपाल एसइई उत्तीर्ण भएको विषयमा

तरबारको धारमा अफगानिस्तान : देश छोड्नेको भिड अहिले पनि उस्तै

कोरोनाबाट थप ४४ को मृत्यु, २४८२ संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *