एनभीए भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि सुरु हुने

काठमाडौं : छैटौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउने छन्। क्लब लिग चैतमा आयोजना हुने संघले जनाएको छ। संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ।

विजेताले ४ लाख प्राप्त गर्दा उप विजेताले २ लाख पाउने छन् । तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन्।

संघले प्रतियोगिताका लागि क्लबले तीन विदेशी खेलाडी राख्न पाउने जनाएको छ।

एनभीए भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि सुरु हुने

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला

एनभीए भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि सुरु हुने

एरिक्सनको ज्यान बचाउने कप्तानलाई प्रेसिडेन्ट अवार्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *