पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

काठमाडौं : पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरीमा सकिएको छ। मंगलबार राति सकिएको दोस्रो टेस्टमा पाकिस्तान १०९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला बराबरी भएको हो।
यसअघि पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो। पहिलो पालीमा १५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३२८ रन बनाएको थियो। पाकिस्तानले जितका लागि दिएको ३२९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २१९ रनमा मात्र समेटियो।
वेष्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए। त्यस्तै‚ नौमान अलीले तीन र हसन अलीले दुई विकेट लिए।






