राष्ट्रिय फुटबल टोलीमा २५ खेलडी छनोट‚ परेनन् अभिषेक

काठमाडौं : अर्को साता भारतविरुद्ध हुने मैत्रीपूर्ण खेल तथा साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमका लागि २५ खेलाडी छनोट गरिएको छ। क्लोज क्याम्पमा रहेका २८ बाट उक्त खेलाडी छानिएको हो।

पोखरामा अभ्यास गरिरहेको टिमबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि टोलीका नियमित सदस्य अभिषेक रिजालसहित गोलरक्षक अर्पण कार्की र विंगर शिशिर लेखीबाहिर राख्दै टोली छनोट गरेका हुन्।

माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्न जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। पोखरा क्लोज क्याम्पमा ३८ खेलाडीले सहभागिता जनाएका थिए। जहाँ यसअघिको फरवार्ड भरत खवास, रजिन धिमाल र विक्रम लामासहित १० खेलाडी टिम बाहिर रहेका थिए।

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको तयारीका लागि दशरथ रंगशालमा पहिलो मैत्रीपूर्ण खेल १७ भदौमा हुने छ। त्यस्तै‚ दोस्रो खेल २० भदौमा हुने कार्यतालिका रहेको छ। साफ च्याम्पिनसिप १५ असोजदेखि माल्दिभ्समा हुने कार्यतालिका रहेको छ। नेपालसहित प्रतियोगितामा भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

यस्तो छ नेपाली टिम

नेपाली टोलीमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशीष लामा, अनन्त तामाङ, अन्जन विष्ट र आयुष घलान रहेका छन्।

यस्तै‚ विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ रहेका छन्।

राष्ट्रिय फुटबल टोलीमा २५ खेलडी छनोट‚ परेनन् अभिषेक

YUGAAWHAN NATIONAL DAILY (2078-05-09)

राष्ट्रिय फुटबल टोलीमा २५ खेलडी छनोट‚ परेनन् अभिषेक

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला

Leave a comment

Your email address will not be published. Required fields are marked *