बाढीपीडितलाई राहत र पुन:स्थापना गरियोस् भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत, पुन:स्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुन:स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीसँग नदीहरुको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुललगायत बिग्रिएका संरचनाहरुको तत्काल पुनर्निर्माण गर्न पनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिँदै घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दीर्घकालीन एकीकृत पुनर्निर्माणको लागि कार्य प्रारम्भ गरिनुपर्ने, ४०० परिवारलाई अस्थायी बसोबासका लागि प्रतिप्रतिवार ८ बण्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थायी झोलुङ्गेपुल बनाउनुपर्नेलगायत माग गरिएको छ।

नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बाढी पीडितको पुन:स्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरुलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वासन आएको र आफूहरू कार्यान्वयनको आशामा रहने बताए ।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परी सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४०० परिवार विस्थापित भएका छन्। बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरूमा समेत क्षति भएको छ ।

बाढीपीडितलाई राहत र पुन:स्थापना गरियोस् भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संक्रमितभन्दा निको हुने दोब्बर बढी, २७ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *