संक्रमितभन्दा निको हुने दोब्बर बढी, २७ जनाको मृत्यु

काठमाडौं । देशभर २ हजार ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गत २४ घण्टामा १४ हजार ३ सय ५१ जनाको परीक्षण गरिएको हो ।

९ हजार ५ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर बढी रहेको छ । ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। कूल मृतकको संख्या ८ हजार ९ सय ४५ पुगेको मन्त्रालयको तथ्यांक छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *