मौख्ला दमाचौर सडक निर्माणकार्य प्रती पुर्वाधार कार्यालयको ध्यानाकर्षण

दुर्गा विसि

सल्यान । पुर्वाधार कार्यालय सल्यानबाट निर्माणकार्य भैरहेको मौख्ला दमाचौर सडक स्तरवृद्दिकाे विषयमा सञ्चार माध्यममा प्रचारप्रसार भएको कुरा प्रति सडक पुर्वाधार विकास कार्यालय सल्यानले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त सडक सिद्धेश्वरि गाउँपालिकाकाे १ नं वडा हुदै बाग्चौरको नगरपालिकाकाे वडा १० हुदै क्षत्रेश्वरि गाउँपालिकाकाे वडा १ भुभागलाइ समेट्दै पुगेको सडक खण्ड हाे ।सडक पुर्वाधार विकास कार्यालय र वागेश्वरि कन्ट्रक्सन विच २ करोड २७ लाख ८२ हजार बराबरकाे रकमका सडक स्तरवृद्दि नालि र ग्रावेलको काम हुने गरि सम्झौता भएको थियो ।

तर उक्त सडकमा माटाको वढि प्रयोग,मापदण्डअनुसार काम नभएको जनस्तरबाट गुनासो अाएको र स्थानीयकाे विराेधका विषयमा कार्यालयले प्रष्ट पारेको छ ।कन्ट्रक्सनले सम्झौता अनुरुप पक्कि नाला र ग्रावेल गर्नुपर्ने छ । तर काम हुदै गर्दा सव ग्रेटको काम हुदै गरेको र बाँकी थप ग्रावेलको लागि कार्यालयबाट मापदण्डअनुसार परिक्षण पश्चात् मात्रै अन्य काम हुने भएकोले भ्रमित नहुन अनुराेध समेत गरिएको छ ।

हाल उक्त सडक सव ग्रावेल हुदै गरेको र साे सामग्री परिक्षणका क्रममै रहेको जनाएको छ ।साथै काेराेना महामारीमा समेत फिल्ड खटेर काम गर्ने कर्मचारी प्रतीको हातपातको विषयलाई भने कार्यालयकाे तर्फबाट कार्यालय प्रमुख विनाेद पुनद्वारा जारि नाेटिसमा खेद व्यक्त गरिएको छ ।

काममा सहजता,चुस्तता र शुसानका विषयमा सधैं कटिबद्ध रहेको कुरा समेत उल्लेख गरिएको छ । माेख्ला दमाचौर सडक खण्ड मापदण्डअनुसार नै वन्ने कुरा ढुक्क हुन समेत आग्रह गरिएको छ । काममा कमसलता हुने कुरामा कुनै संका नगर्न र त्यसको लागि पुर्वाधार कार्यालयबाट हुने अनुगमन र परिक्षणलाई झन कडाइ गरिने कुरा अवगत गराएको छ ।स्थापना काल देखि पुर्वाधारले कर्मचारी अभावका वावजुत समेत धेरै सडक,खानेपानी,पुल पुलेस्या र भवनहरुमा अतुलनीय काम गरिरहेकाे छ ।

मौख्ला दमाचौर सडक निर्माणकार्य प्रती पुर्वाधार कार्यालयको ध्यानाकर्षण

अब्बल बन्दै प्रदेश अस्पताल

मौख्ला दमाचौर सडक निर्माणकार्य प्रती पुर्वाधार कार्यालयको ध्यानाकर्षण

संक्रमितभन्दा निको हुने दोब्बर बढी, २७ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *