नरबहादुरको पहलमा ३० घरपरिवारलाई राहत वितरण

प्रचण्ड खत्री

रुकुम पश्चिम । रुकुम पश्चिम बाफिकोट १० वडा अध्यक्ष अर्जुन चन्दका कान्छा छोरा नर बहादुर चन्दको पहलमा आनन्दित उपकार केन्द्रले लाई पहल गरि कोभिडको कारण दैनिक खान जुटाउन गारो भएका,अति बिपन्न र अपाङ ३० घरपरिवारलाई राहत वितरण गरेका छन ।
१० नम्बर वडा अध्यक्ष अर्जुन चन्दको उपस्थितिमा वडाका दैनिक खान जुटाउन गारो भएका,अति बिपन्न घर परिवारलाई प्रतिघर परिवार १ बोरा चामल, १ लिटर खाने तेल, दाल १ केजि , १ सावुन गरि जम्मा ६० हजार बराबरको खाद्यन वितरण गरिएको हो ।
यो कठिन समयमा पिडित परिवारलाई सहयोग प्रदान गरेकोमा वडा अध्यक्ष अर्जुन चन्दले खुसी व्यक्त गर्दै सहयोगी आनन्दित उपकार केन्द्रकि निर्देशक शुस्मा अधिकारिलाइ धन्यवाद प्रकट गरेका हुन ।
आनन्दित उपकार केन्द्रले यो भन्दा पहिला बाफिकोट गाउपालिका दहकि भुमिका ओलि र जिप्सिङकी आशिका शाहि गरि २ जना टुहुरा बालिकालाइ निशुल्क खाने ,बस्ने र पढाउने ब्यबस्था गरेको छ। राहात पाएपछि ३० घरपरिवार ले आनन्दीत परिबार र पहल गर्ने नर बहादुर चन्दलाई धन्यवाद दिएका हुन ।








Nar bdr chand
25th Jun 2021Thank you