रुकुमपश्चिम बाफिकोटकी महिमा घर्ति नर्सरी खेतीमा रमाउँदै

प्रचण्ड खत्री

रुकुमपश्चिम । रुकुमपश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ६ जिप्सीङका एक किसानले नर्सरी पेसाबाट मनग्गे आम्दानी गरेका छन ।
२३ बर्सिय महिमा घर्तिमगरले संचालन गरेको नर्सरीबाट बर्सेनी हजारौका बिरुवा बिग्री हुने गरेको छ । बडी समय र धेरै रकम लाग्ने भएकाले नर्सरी संचालन गर्न समस्या भएको बताईन ।
घर खर्च चलाउन समस्या झेल्दै आएका उनीहरु नर्सरी संचालन गरेदेखि समस्याको समाधान भएको छ । टप, कृषि, नर्सरी पशुपंक्षी फम दर्ता गरि सन्चालनमा ल्याएका हुन । उनले सुन्तला, कागती टिमुर, अमिलाका सबै बिरुवा गरि १० हजार बिरुवा यो बर्षमा बिग्री गरेकी हुन् ।
यो फर्म दर्ता देखि लियर संचालन गर्दा सम्म ३ लाख ५० हजार रुपैया खर्च भएको छ । कृषि बिकास शाखा बाफिकोटको समन्यमा दर्ता गरि संचालन गरिएको हो । यो बर्षको सिजनामा १० हजारका बिरुवा बिग्री हुदा ४ लाख बराबरको आम्दानी भएको छ । यहि ब्यबसायबाट भाई र बहिनिको पढाई खर्च चलाउदै आएकि छिन ।
साथै उनले तरकारी खेति पनि संचालन गर्दै आएकि छिन । तरकारी खेति अन्तरगत टमाटर , लसुन , प्याज र काउली खेति गरेकी छिन । तरकारी खेति उत्पादन गरेर उनले मग्माको तलिगाउ, छिनखेत हुदै सदरमुकाम खलंगा सम्म तरकारी बेचेर घर खर्च चलाएकि छन । तरकारी बेचेर उनीले बर्षमा २ लाख आम्दानी गर्दछिन । बर्षायामको समयमा भने उनले तरकारी डोकोमा बोकेर सदरमुकाम सम्म जाने गरेकी छिन ।
२३ बर्सिय महिमा भन्छिन घर खर्च चलाउन पहिला निकै समस्या पर्ने गर्दथ्यो तर आजभोलि काम गर्दै आउदा आफ्नो खुट्टामा उभियको अनुभब भएको दुखेसो पोखिन ्र पहिलेको तुलनामा घर खर्च चलाउन निकै राम्रो भएको देखिन्छ । सदरमुकाम खलंगाबाट ४ कोष टाढा पर्ने उक्त गाउमा अरु कुनै पनि महिलाले यस्तो काम गरेको देखिदैन ्र उनको घरमा भाई बहिनि र आमा गरि ४ जना परिबार छन् । १ बर्ष अगाडी उनका बुवाको मृत्यु भैसकेको छ ।
नारि भएर पनि पुरुस सरहको काम गर्ने एक असल नारि हुन । गरिब परिबार भएरै ता होला उनले राम्रो संग उच्च शिक्षा हासिल गर्न सकेकी छैनन् । बरु आफ्नो सट्टा भाईबहिनीलाई राम्रो शिक्षा दिएकि हुन ।
अहिले सम्म कतैबाट पनि सहयोग भएको छैन । कृषि सबन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संथा वा कार्यालयबाट सहयोग प्राप्त नभएको जानकारि दिईन । बाफिकोट कृषि विकास शाखाका कार्यालय प्रमुख लोकेन्द्र ओलीले भने अबको आर्थिक वर्षमा पूर्ण रुपमा सहयोग गर्ने बताए । यस्ता खालका नर्सरी तथा कृषि फर्मलाई छनोट गरि कार्यक्रम संचालन गर्ने बताए । अबको आउदो आर्थिक बर्षमा किसानमुखी कार्यक्रम ल्याई किसानको चाहाना पुरा गर्ने जानकारि दिए ।








