हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा गौतम नियुक्त

चर्चित एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् । वि.सं २०७० देखि नै प्रशासन विभाग प्रमुख रहेकी गौतमको प्रबन्ध निर्देशकमा पदोन्नति भएको हो ।
हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारिक प्रतिनिधि एवं सम्पर्क व्यक्ति रहेको हाम्रो पात्रोले जनाएको छ ।
आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिन हाम्रो पात्रोले अनुरोध गरेको छ ।
हाम्रो पात्रोसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गर्न समेत उसले आग्रह गरेको छ ।
हाम्रो पात्रोले एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता पनि जनाएको छ ।






