राजीनामा दिएर शान्तिपूर्ण प्रदर्शनमा रहेका ५० इन्जिनियर गिरफ्तार

काठमाडाैं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिक (इन्जीनियरहरुले) राजीनामा दिएका छन् ।
शुक्रबार विभिन्न ३२ जिल्लामा कार्यरत ३ हजार बढी प्राविधिकहरुले सामूहिक राजीनामा दिएका हुन् । सिंहदरबार घेराउ गर्दै प्राविधिकहरुले संयुक्तरुपमा प्राधिकरणका आयोजना निर्देशकसमक्ष राजीनामा बुझाएका हुन् ।
प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले आफूहरुलाई दिइने भनिएका सेवा सुविधाबाट बञ्चित गराइँदा पटकपटक आन्दोलन गरेको र सुनुवाई हुने अवस्था नदेखिएपछि राजीनामा दिएको बताएका छन् । शान्तिपुर्ण आन्दोलन गरिरहेको उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।






