भेरोसेल खोपको दाेस्रो डोज असार २२ गतेदेखि लगाइने

काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।

देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खाेपको पहिलो डोज लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको जनाएको छ ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन ।

भेरोसेल खोपको दाेस्रो डोज असार २२ गतेदेखि लगाइने

गुर्भाकोट नगरपालिकाले ल्यायाे ६२ करोड बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *