गुर्भाकोट नगरपालिकाले ल्यायाे ६२ करोड बजेट

सुर्खेत । गुर्भाकोट नगरपालिको नवौ नगरसभाले ४६ बुंदे निति तथा कार्यक्रम र रु ६२ करोड ३३ लाखको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बिहीबार बसेको नवौ नगरसभाले  निति तथा कार्यक्रम र रु ६२ करोड ३३ लाखको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाका मेयर हस्त पुनले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ४६ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

कोभिड १९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, महामारी नियन्त्रण बजेट व्यवस्था, कोभिड बिरामीको अस्पताल लैजाने घर निशूल्न ल्याउने व्यवस्था, निशूल्क स्वास्थ्य सामग्री, चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन, स्थानीय कला संस्कृति, भाषाको संरक्षण, वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नियुक्त गरि घरघरमा सेवा प्रवाह, पर्यटकिय गुरु योजना निमार्ण, जेष्ठ नागरिकसंग मेयर कार्यक्रम गर्न विभिन्न अभियानहरुको निरन्तरता लगायत ४६ बुदें कार्यक्रम तथा योजना प्रस्तुत गरिएको छ ।

यस्तै सडक विस्तार र स्तरोन्नती, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरिय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, नगरमा ग्राम उद्योगको स्थापनाको पहल, लगायतका कार्यक्रम मेयर पुनले प्रस्तुत गरे।

यस्तै नगर सभामा उपमेयर मैना विकले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् । सभाबाट ६२ करोड ३३ लाख बढीको बजेट प्रस्तुत गरिएको हो । सभामा उपमेयर विकले चालू आर्थिक बर्षमा ६२ करोडको बजेटसंगै बजेटका क्षेत्रगत उदेश्य तथा प्राथमिकताका आधार प्रस्तुत गरिन ।

गुर्भाकोट नगरपालिकाले ल्यायाे ६२ करोड बजेट

कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको

गुर्भाकोट नगरपालिकाले ल्यायाे ६२ करोड बजेट

भेरोसेल खोपको दाेस्रो डोज असार २२ गतेदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *