कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौँ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको अवस्था हेरेर मात्रै कक्षा-१२ को परीक्षाबारे निर्णय लिने भएको छ ।

कोरोनाले रोकिएको परीक्षाबारे तत्काल केही निर्णय नलिने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताएका छन् । अहिले पनि कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै उनले भने, ‘अहिलेसम्म परीक्षाबारे केही छलफल भएको छैन।’

प्रश्नपत्र छापेर तयारी अjस्थामै राखेको जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणका कारण साढे चार लाख विद्यार्थीको परीक्षा रोकिएको छ ।

बोर्डले गत जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक गरेको थियो। तर, कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो ।

एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएको छ। यता,त्रिभुवन विश्‍वविद्यालयले भने कोरोनाबाट स्थगित त्रिविअन्तर्गतका स्नातक तहको वार्षिक परीक्षा साउन ५ गतेबाट सञ्चालन गर्ने गरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ ।

कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौँ

जीवन विकास लघुवित्तको आइपिओ खुला

कक्षा १२ को परीक्षाबारे बोर्डले भन्यो, संक्रमणको अवस्था हेरेर निर्णय लिन्छौँ

गुर्भाकोट नगरपालिकाले ल्यायाे ६२ करोड बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *