देशभर थप ८१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय २१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार चार सय १४ जनामा कोरोना परीक्षण भएको छ ।
उनले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताए। त्यस्तै तीन हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता पाैडेलले जानकारी दिए ।


