बैठकमा जाँदा भीरबाट लडेर वडा सदस्यको मृत्यु

जाजरकोट । भेरी नगरपालिका–२ की वडा सदस्य शसीला नेपालीको भीरबाट लडेर मृत्यु भएको छ ।
डिंगा घरबाट बाहुनथानास्थित वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली मंगलबार बिहान भीरबाट लडेर घाइते भएकी थिइन् ।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको नगरपालिकाकी प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।






