जुम्लाको मार्सी चामल क्यानडा निर्यात

जुम्ला । जुम्लामा उत्पादन हुने जुम्ली मार्सी धानको चामल विदेशमा निर्यात हुन थालेको छ। यस वर्ष पहिलो पटक १८ टन जुम्ली मार्सी चामल, चार टन सिमी र एक टन कोदो क्यानडा निर्यात भएको हो।

कर्णाली सेफ एण्ड सुपरफुट इन्ड्रस्टिजका कार्यकारी प्रमुख राज शाहीले क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टोका प्रमुख डा. पूर्ण कँडेलको समन्वयमा कोरोना कहरबीच उक्त परिणाममा चामल, सिमीको दाल र कोदो निर्यात भएको हो।

कार्यकारी प्रमुख शाहीका अनुसार ती वस्तुको लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम नेपाली माटो नामक संस्था गरेको हो। ती सामान आइतबार क्यानडा पठाइएको छ। करिब ५५ दिनमा पुग्ने अनुमान गरिएको शाहीले बताए। ‘आईतबार नेपालबाट हिँडेको कन्टेनर ४/५ दिनमा भारतको कोलकत्ता बन्दरगाह पुग्ने छ,’ उनले भने, ‘कोलकत्ताबाट चाँडै स्वीकृति पाएपछि श्रीलंका हुँदै क्यानडा पुग्ने छ।’

जुम्लाको सिंजा क्षेत्रबाट १३ टन र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी चालम काठमाडौं लगिएको हो। करिब ५२ लाख रुपैयाँ बराबरको कृषि बस्तु निर्यात भएकोमा ८/९ लाख कन्टेनर भाडा लाग्ने र बाँकी रकम जुम्ली किसानले पाउने शाही बताउँछन्।

स्वास्थ्यका लागि निकै लाभदायक मानिने जुम्लाको मार्सी चामल, सिमी, कोदोलगायत अन्य वस्तुको अन्तर्राष्ट्यि बजारमा माग बढ्दै गए पनि मागअनुसार उत्पादन हुन सकेको अवस्था छैन।

अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सीको बजारीकरण गर्नुका साथै आर्थिक आम्दानी हुने, किसानको जीवनस्तर उकास्नेसँगै नेपाललाई कृषि प्रधान देशको रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्य बल्ल सार्थक भएको व्यापारी शाही बताउँछन्।

जुम्लाको मार्सी चामल क्यानडा निर्यात

बैठकमा जाँदा भीरबाट लडेर वडा सदस्यको मृत्यु

जुम्लाको मार्सी चामल क्यानडा निर्यात

घाँस खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *