युरो कपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

एजेन्सी । युरो कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदै छन्। प्रतियोगिता अन्तर्गत आज राति लिग चरणका अन्तिम चार खेल हुन लागेका हुन् ।

आज राति पौने १० बजे हुने खेलमा स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्ड भिड्ने छन्। समूह ‘इ’का यी चार टोलीमा स्वीडेन चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस्तै स्पेन २ अंकका साथ तेस्रो स्थानमा रहेको छ। पोल्याण्ड भने एक अंकका साथ तालिकाको पुछारमा छ ।

त्यस्तै ग्रुप अफ डेथ समूहका चार टोलीको भिडन्त पनि आजै हुँदै छ। समूह एफमा साविक विजेता पोर्चुगल र उपविजेता फ्रान्सबीचको खेल राति पौने एक बजे हुने छ। त्यस्तै त्यही समयमा जर्मनी र हंगेरीबीच प्रतिष्पर्धा हुनेछ।

यो समूहमा फ्रान्स चार अंकका साथ शीर्ष स्थानमा रहँदा जर्मनीको तीन अंक रहेको छ । उ तेस्रो स्थानमा रहँदा पोर्चुगल समान तीन अंकका साथ तेस्रो स्थानमा छ। त्यस्तै हंगेरी एक अंकसहित तालिकाको पुछारमा छ ।

गएराति भएको खेलमा इङ्ल्याण्ड र क्रोएसिया युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन्। समूह डि अन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै इङ्ल्याण्ड समूह बिजेता र क्रोएसिया उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।

युरो कपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

समूह विजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा

युरो कपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

बैठकमा जाँदा भीरबाट लडेर वडा सदस्यको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *