समूह विजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा

एजेन्सी । इङ्ल्याण्ड समूह ‘डी’को विजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड समूह विजेता बनेको हो ।

वेम्बली स्टेडियममा इङ्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।

यस जितसँगै इङ्ल्याण्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ। शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले ३ खेलमा ७ अंक जोड्यो । समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो। चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो ।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

समूह विजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा

समूह उपविजेता बन्दै क्रोएसिया युरो कपको नकआउट

समूह विजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा

युरो कपमा आज समूह चरणका अन्तिम चार

Leave a comment

Your email address will not be published. Required fields are marked *