वीरेन्द्रनगरमा थपिन्छन् बर्सेनी एक हजार नयाँ घर,, खेतीयोग्य जमिन मासिँदै

सुर्खेत, ११ फागुन

चालु आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी छ । यो आर्थिक बर्षको सुरुका चार महिना कोरोनाका कारण लकडाउन थियो । लकडाउन पूर्णरुपमा खुलेको तीन महिना मात्रै पुरा भएको छ । तर यही बीचमा सात सय ६५ जनाले नयाँ घर निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाबाट सिफारिस लिएका छन् । 

ति मध्ये पाँच सय ५४ वटा नयाँ घर निर्माण भइसकेका छन् । लकडाउनका कारण विकास निर्माण ठप्प रहे पनि नयाँ घर निर्माण कार्य रोकिएन । महामारीकैबीच धेरै नागरिकले घरहरु निर्माण गरे । यसरी कोरोना महामारीमा पनि घर निर्माण नरोकिनुको कारण प्रदेश राजधानीप्रति नागरिकको आकर्षण हो ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि अन्य जिल्लाबाट बसाइसराइ गरेर आउनेहरुको संख्या अत्याधिक बढेको छ । यहीकारण वीरेन्द्रनगर उपत्यकामा नयाँ घर निर्माणको क्रम अत्यधिक बढेको हो । वीरेन्द्रनगरमा बसाइ सरी आउनेको संख्या अत्धाधिक बढेका कारण वीरेन्द्रनगरमा बर्षेनी हजारौं नयाँ घरहरु बन्ने गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१÷०७२ मा नगरमा एक हजार ३९ वटा, ०७२÷०७३ मा दुई हजार आठसय ३५ वटा, ००७४ मा चार सय ९१ वटा, ०७४÷०७५ मा आठसय ३१ वटा र आर्थिक वर्ष २०७५÷०७६ मा नौसय ७४ नयाँ घरहरु बनेको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर किशोर कँडेलले जानकारी दिए । त्यस्तै अघिल्लो आर्थिक वर्षमा पनि ६ सय ६५वटा घरधनीले नक्सा पासको

प्रमाणपत्र लिएका छन् । अघिल्लो आर्थिक वर्ष पनि करिव चार महिना पूर्णरुपमा लकडाउन थियो । सोही कारण घर निर्माण भए पनि नागरिकहरु नक्सा पास लिन आउन पाएनन् । तर झण्डै एक हजारभन्दा बढी घरहरु बनेको नगरपालिकाको अनुमान छ । लकडाउन कारण केही निर्माण सम्पन्न हुन नसकेका र मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न नसकेका घर धनीहरुले आर्थिक वर्षभित्र नक्सा पास लिन

नपाएको नगरपालिकाले जनाएको छ । कतिपयले नक्सा नै पास नगरेर घर निर्माण गरिरहेका छन् । प्रशासनिक झन्झट र खर्चिलो हुने भन्दै नगरपालिकामा नक्सा नै पास नगराएर घर बनाउनेको संख्या पनि धेरै छ । नक्सा पाल लिन नआए पनि वीरेन्द्रनगरमा बार्षिक एक हजारभन्दा बढी नयाँ घरहरु थपिने गरेका छन् । घर

निर्माणको क्रम बढेपछि खेतीयोग्य जमिन घट्दै गएको छ । कुनैबेला धान फल्ने उपत्यकाका खेतहरु हिजोआज धमाधम घडेरीको रुपमा बिक्री भइरहेका छन् । यसले घरले नै खेतीयोग्य जमिन भरिन थालेको छ । ‘पहिलाकोभन्दा घर निर्माणको दर निकै बढेको छ’ नगरपालिकाको भवन तथा बस्ती विकास उपशाखाका इन्जिनियर कँडेल भन्छन्, ‘राजधानी बनेपछि यहाँ सेवा र सुविधाको अपेक्षा धेरै छ,

यसले बसाई सरेर आउनेको संख्या पनि बढ्यो ।’ वीरेन्द्रनगर प्रदेश राजधानी बनेसँगै सेवासुविधा बढ्ने आशमा घडेरी किन्ने र घर निर्माणको होडबाजी नै चलेको हो । विषेशगरी कर्णालीका पहाडी तथा हिमाली जिल्लाबाट वीरेन्द्रनगरमा बसाई सरेर आउनेको संख्या बढेको छ । विगतमा फाट्टफुट्ट बसाई सरेर आउनेहरुले वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए । पछिल्लो समय अधिकांशले भविष्यमा

थप मूल्य बढ्ने आशमा धमाधम घडेरी खरिद गरिरहेका छन् । यस्तै व्यवसाय र रोजगारीको सम्भावना बढेसँगै जग्गा खरिद र घर निर्माण पनि बढेको छ । व्यवस्थित गुरुयोजनाको अभावममा वीरेन्द्रनगरमा धमाधम घरहरु निर्माण हुन थालेका छन् भने यसले वीरेन्द्रनगर कंक्रिटले भरिने खतरा पनि बढेको हो । यसकारण पनि नगरपालिकाले बस्ती विकासको गुरुयोजना निर्माण गरेर खेतीयोग्य जमिन बचाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

ऐलानी जग्गाको मूल्य पनि बढ्यो
वीरेन्द्रनगर उपत्याकाभित्रै कतिपय क्षेत्रमा ऐलानी जग्गामा नै बाक्लो बस्ती छ । उपत्यकाको छेउछाउका बस्तीहरु अहिले पनि ऐलानी जग्गामा छन् । कतिपयसँग सेतो लालपूर्जा छ भने कतिपयसँग सेतो लालपूर्जासमेत छैन । तर सरकारले जग्गा समस्या समाधान आयोग गठन गरेपछि ऐलानी जग्गाको पनि मूल्य आकाशिएको हो ।

आयोगले जग्गा धनीपूर्जा उपलब्ध गराउने भन्दै कारोबारमा ऐलानी जग्गाको मूल्य बृद्धि भएको नगरपालिले जनाएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबास तथा अघिल्लो आयोगले अधुरा छोडेका कामहरुको लगतसंकलन थालेपछि ऐलानी जग्गाको मूल्य र कारोबार बढेको हो । छिट्टै लालपूर्जा पाउने आशमा ऐलानी जग्गाको कारोबार र मूल्य वृद्धि भएको हो । मूल्य बढ्दा पनि

जग्गा खरिद गर्नेहरुको संख्यामा कमी आएको छैन । ऐलानी जग्गा प्रतिमिटर दुई लाखदेखि पाँच लाखसम्म पुगेको छ । नगरपालिकाले रिंगरोड बनाइ सकेको र छिट्टै लालपूर्जा पाउने ऐलानी विश्वासका कारण पनि नगरमा जग्गाकोसमेत कारोबार र मूल्य बृद्धि भएको नगरपालिकाले जनाएको छ
आफूखुशी लगतकट्टाले समस्या
वीरेन्द्रनगरमा लगतकट्टाका लागि नगरपालिकाले निश्चित मापदण्ड तोकेको छ । तर नगरपालिकाले निर्धारण गरेको मापदण्डविपरित जग्गा धनीले लगतकट्टा गर्दै आएका छन् । आफूखुशी लगत कट्टा गर्दा बाटोघाटो, विद्युतलाइन, सडक निर्माण र खानेपानीको लाइन विस्तारमा समस्या हुँदै आएको छ । लगत कट्टाकै कारण कतिपय

स्थानमा छिमेकी– छिमेकीबीच विवाद बढ्न थालेको हो । यसरी मनपरी रुपमा लगत कट्टा गर्दा नगरपालिकालाईसमेत जग्गा पासको सिफारिस गर्न समस्या परेको छ । वीरेन्द्रनगरको गुरुयोजना बनेपछि मनपरी लगत कट्टा रोकिने अपेक्षा गरिएको छ । राजधानीलाई व्यवस्थित शहरका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले

गुरुयोजना तयार पारिरहेको छ । तर कोरोना महामारीका कारण गुरुयोजना निर्माणमा ढिलाइ भएको छ । यद्यपी अबको १५÷२० दिनभित्र गुरुयोजना सार्वजनिक गर्ने मेयर देवकुमार सुवेदीले जानकारी दिए । ‘गुरुयोजना अन्तिम चरणमा छ’ मेयर

सुवेदीले भने, ‘सम्भवतः अबको १५÷२० दिनभित्र सार्वजनिक हुनसक्छ ।’ गुरुयोजना अनुसार वीरेन्द्रनगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्ने नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगरमा थपिन्छन् बर्सेनी एक हजार नयाँ घर,, खेतीयोग्य जमिन मासिँदै

वीरेन्द्रनगरमा थपिन्छन् बर्सेनी एक हजार नयाँ घर

वीरेन्द्रनगरमा थपिन्छन् बर्सेनी एक हजार नयाँ घर,, खेतीयोग्य जमिन मासिँदै

बल्ल अघि बढ्यो खुलालु पुलको काम

Leave a comment

Your email address will not be published. Required fields are marked *