श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले जित्यो

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ। गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो।

जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सूर्यकुमार यादवले ५३ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो।

यसअघि भएको पहिलो एक दिवसीयमा पनि भारत विजयी भएको थियो। शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवसीय सिरिज २(० ले जितेको छ। अब तेस्रो खेल शुक्रबार कोलम्बोमा हुनेछ।

श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले जित्यो

सल्यानमा दाइले गरे १३ वर्षिया भाइको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *