हिम शिखर क्याम्पसका विद्यार्थीलाई नि-शुल्क सिम कार्ड वितरण

सुर्खेत । सुर्खेतको पुर्वी बेल्ड भेरिगंगा नगरपालिका ११ रामघाट सुर्खेतमा रहेको हिम शिखर बहुमुखी क्याम्पसले २०० जना विद्यार्थीलाई नि-शुल्क सिम वितरण गरेको छ ।

हिम शिखर बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र प्रशाद जैसीको अध्यक्षता मा अनतरकृया कार्यक्रम सहित उक्त क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई Ncell को सिम दिइएको थियो ।

पछिल्लो समयमा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को कारणले विद्यार्थीको पढाई अबरुद्ध भएको कारण अनलाइन कक्षा सुरु गर्नु पर्ने भएकाले डाटा सस्तो हुने साथै बत्ती नभएको बेला पनि पढाईमा निरन्तरता बिद्यार्थीको पढाई अवरुद्ध नहोस भनी उक्त सिम वितरण गरिएको साहायक क्याम्पस प्रमुख बालकृष्ण बिसीले जानकारी दिए ।

स्ववियु अध्यक्ष रमेश शर्मा अनुसार Ncell सेन्टर सङ्ग सम्झौता गरी स्वतन्त्र विद्यार्थी युनियन र संथाको लगानीमा उक्त सिम ल्याइएको बताउनुभयो । शर्माका अनुसार कोभिड- १९ को कारणले गर्दा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भइ पठनपाठान क्रियाकलापमा असहज भएको हुनाले अनलाइन माध्यमबाट तिब्रता दिने पढाईको पहुँचबाट कोहिपनी विद्यार्थीहरु बन्चित नहुनभनी क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनको आर्थिक सहयोगमा सीम वितरण गरिएको बताए ।

उक्त सिममा प्रती महिना २५ जिबी E learing Zoom कलासको लागी डाटा उपलब्ध हुने,Zoom बाहेक ५ जिबी डाटा उपलब्ध हुनेछ । तेस्तै ती २०० सिम भित्र प्रत्येक दिन २ घण्टा कुराकानी गर्न मेल्ने ती बाहेक Ncell मा प्रत्येक महिना ५० मिनेट कुराकानी गर्न मिल्ने छ साथै ५० वटा म्यासेज समेत फ्री रहेको छ ।

कोरोना भाइरसले विद्यालय जान नपाएका विद्यार्थीहरु उक्त सिम पाउँदा अब E learing Zoom बाट भएपनी पढाई हुने हुदा खुसी ब्यक्त गरेका छन । उक्त कार्यक्रममा ब्यबस्थापन संकाय प्रमुख हरिस पाण्डे,शिक्षा संकाय प्रमुख लालबहादुर खड्का,प्राध्यापक टिकाराम पौडेल लगायत अन्य प्राध्यापक सहित Ncell सेन्टर सुर्खेतका प्रमुख लगायत अभिभावक र बिद्यार्थीको उपस्थित रहेको थियो ।

हिम शिखर क्याम्पसका विद्यार्थीलाई नि-शुल्क सिम कार्ड वितरण

अभिनेत्री प्रियंकाको एमएमएस लिक

Leave a comment

Your email address will not be published. Required fields are marked *