‘साना मिडियालाई राज्यले संरक्षण गर्नुपर्छ’

काठमाडौं ६ फागुन ।
उपराष्ट्रपति नन्दबहादुर पुनले साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्ने उपराष्ट्रपति पुनले बताएका छन् ।
राष्ट्रपति पुनले पत्रकारका लागि बन्ने ऐन्कानून र आचारसंहिता प्रेसमैत्री बनाउन जरुरी रहेको बताउँदै तिनले न्यनूतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका थिएका छन । उपराष्ट्रपति पुनले भने, “हाम्रो पत्रकारिताले कतै विश्वसनीयता गुमाएको त होइन भन्ने आशङ्का पैदा भएको छ, आशाको भन्दा निराशाको पत्रकारिता भइरहेको छ ।”प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएका थिए । 
नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनको काठमाडौंमा बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको शुरुआत हुँदै गर्दा प्रतिनिधिसभा विघटन हुँदा निराशा छाएको बताएका थिए ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वैशाखमा निर्वाचन गर्नाको विकल्प नभएको बताउँदै तयारीका लागि सबैलाई आह्वान गरेका थिए । गुरुङले भने, “प्रतिनिधिसभा विघटन असंवैधानिक वा प्रतिगमन होइन, अनिर्णययबाट निकास दिनु प्रतिगमन होइन, विघटनले मुलुकलाई निकास दिएको छ, यसलाई नकारात्मकभन्दा पनि सकारात्मक ढङ्गबाट लिन जरुरी छ ।”सञ्चारमन्त्री गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिनका लागि आगामी वर्षको नीति÷कार्यक्रममा समावेश गरी बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सरकारका प्रवक्ता रहेका गुरुङले लोककल्याणकारी विज्ञापन केवल टिभी र अनलाइन सञ्चारमाध्यमलाई समेत समावेश प्रदान गर्ने सरकारको तयारी रहेको जानकारी दिए ।उनले सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यका साथ निर्देशिका ल्याउनेबारे छलफल शुरु भएको प्रष्ट पार्ने कोसिस गरे । गुरुङले भने, “छिटो सूचना दिने होडबाजीका कारण समाजलाई भड्काउने गरी गलत सूचना दिने प्रवृत्ति बढिरहेको छ, त्यसको अन्त्यका लागि पनि निर्देशिका जरुरी छ ।उनले जीवनवृत्ति कोषलाई पत्रकारकल्याण कोषमा परिमार्जन गरी पत्रकारकै वृत्ति विकासमा खर्च गर्ने योजना सुनाएका थिए ।सांसद राधेश्याम अधिकारी सम्वन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा मात्रै मिडियासम्बन्धी ऐन÷कानून निर्माण गर्न सरकारलाई आग्रह गरे ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कुनै राजनीतिक आस्था र विचारका आधारमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई निष्काशन गर्न पाइँदैन भनेका थिए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूह निकट नेपाल प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहालले वर्तमान सरकार श्रमजीवी पत्रकारको पक्षको नदेखिएको जिकिर गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट प्रेस सङ्गठन नेपालका अध्यक्ष गणेश बस्नेतले लेखिरहेका वास्तविक श्रमजीवी पत्रकारलाई भन्दा पनि गैरपत्रकारलाई महासङ्घमा प्रवेश दिइएको आरोप लगाएका थिए ।प्रगतिशील पत्रकार सङ्घका निवर्तमान अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, जनपत्रकार सङ्घका अध्यक्ष शेरबहादुर विक, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा र लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले पत्रकार महासङ्घ सबैको साझा संस्था हुनुपर्नेमा जोड दिएका थिए ।
आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ, राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अधयक्ष विनोद पहाडी र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले महिला, दलितलगायत सीमान्तकृत समुदायद्वारा सञ्चालित मिडियालाई राज्यले कर छुट गर्नुपर्ने माग गरे ।पुरस्कार तथा सम्मानयस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिएको तथा ‘कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु जनही ५० हजार छ ।
‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ गणेश लम्साल, लोग्सरी कुँवर र कमला पाख्रिनलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ४० हजार छ ।‘उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार छ । जनही रु दश हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ रामभगत शाह र मुना हमाललाई प्रदान गरिएको छ ।
‘श्रीमती रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिरास का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु दश हजार १११ छ । महासङ्घले यस वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ महासङ्घका कर्मचारी सुस्मिता भेटवाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दश हजार छ । पत्रकार ईश्वरी बराल, भगवती थापा र फातिमा बानुलगायत ३७ पत्रकारलाई ‘कोरोना सङ्क्रमण विपद् पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।
‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकारिता’ भन्ने मूल नारासहित शुरु भएको महाधिवेशनको बन्दसत्रमा नेपालको पत्रकारिता, पत्रकारको पेशागत हक, पत्रकारसँग सम्बन्धित ऐन÷कानून र पत्रकारिता क्षेत्रले राष्ट्रलाई पु¥याउन सक्ने योगदानबारे छलफल हुने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । पत्रकारलाई सङ्गठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासङ्घमा पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र गरी करीब १३ हजार पत्रकार आबद्ध छन् ।






