स्वर्गीय पत्रकार आचार्य स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना 

कालीकोट, २ असार । 

स्वर्गीय. पत्रकार वीरेन्द्रप्रसाद आचार्यको स्मृतिमा ‘वीरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना हुने भएको छ । आइतबार भएको नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाको १६ औँ वार्षिक साधारणसभा स्वर्गीय पत्रकार आचार्यको स्मृतिमा पत्रकारिता पु्‌रुस्कारको स्थापना गर्ने निर्णय गरेको हो । 

आचार्यले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शाखाका सदस्य स्वर्गीय आचार्यको स्मृतिमा ‘वीरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय भएको नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताए । “स्वर्गीय पत्रकार आचार्यको स्मृतिमा पत्रकारिता पुरुस्कारको स्थापना गरिएको छ”, उनले भने, “उहाँको स्मृतिमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा लागेका एक जना पत्रकारलाई सम्मान गरिनेछ ।”

पत्रकार आचार्यको गत मङ्सिर १२ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा सवारी दुर्घटनामा निधन भएको थियो । आचार्य कालीकोटको खाडाँचक्र नगरपालिका–३ ताडीमा रहेको रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष थिए ।

त्यस्तै, साधारणसभाले साङ्गठनिक तथा आर्थिक सुदृढीकरणका लागि महत्त्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको अध्यक्ष विष्टले जानकारी दिए । महासङ्घ शाखा कालीकोटमा हाल रहेका साधारण सदस्यहरूमध्ये निस्क्रिय रहेका सदस्यहरूको अवस्था सुधार गर्दै सदस्यता सुदृढीकरण गर्ने निर्णय भएको उहाँको भनाइ छ । 

स्वर्गीय पत्रकार आचार्य स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना 

सामुदायिक वनमा सात लाखको अनियमितता

Leave a comment

Your email address will not be published. Required fields are marked *