विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत, २ असार ।

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डर अनुसार सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगीता हुने भएको छ ।  प्रदेशस्तरको छनौट चरणमा प्रतिनिधित्व गर्ने सुर्खेत जिल्लाको टिम छनौंटका लागि हुन लागेको प्रतियोगीतामा सुर्खेतका २३ वटा विद्यालय सहभागी हुनेछन् ।  

सुर्खेत जिल्लाको विजयी टोलीले केही समयपछि हुने प्रदेशस्तरको विद्यालयस्तरीय प्रतियोगिता र त्यसलगत्तै हुने राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने संघले जनाएको छ । संघका अध्यक्ष श्रीधर केसीका अनुसार सहभागी हुने विद्यालयहरुलाई चार वटा ग्रुपमा विभाजन गरेर खेल खेलाइनेछ ।

‘कालुङचोक मैदान र वीरेन्द्रनगर मैदानमा दैनिक चार वटा म्याच खेलाइनेछ,’ अध्यक्ष केसीले भने, ‘समूह चरणमा प्रत्येक विद्यालयले दुई म्याच खेल्नेछन् ।’ 

समूह ‘ए’ मा सुर्खेत मोडेल कलेज, हार्भेष्टमुन एकेडेमी, बुलबुले भेरी एकेडेमी, स्टेट स्कुल अफ सुर्खेत, शिद्धार्थ पाठशाला र आदर्शराज स्कुल छन् । यस्तै समूह ‘बी’मा उषा बालबालिका स्कुल, माउण्ट एभरेष्ट स्कुल, जन नमूना मावि, चिल्ड्रेन प्याराडाइज, एओएस हर्मन माइनर स्कुल र सनसाइन एकेडेमी छन् । 

समूह ‘सी’ मा भ्याली मेरिडियन एकेडेमी, प्रज्ञा पाठशाला, इगरब्रीज स्कुल, स्यालेन्डाइन एकेडेमी, ब्राइटल्याण्ड एकेडेमी र साउथ एसियन स्कलर्स एकेडेमी छन् भने समूह ‘डी’मा ग्रीनल्याण्ड एकेडेमी, डिभी निकेतन, नेपाल पुलिस स्कुल, नासा एकेडेमी र सुर्खेत होराइजन एकेडेमी छन् ।

अध्यक्ष केसीका अनुसार प्रतियोगीताको उपाधि जित्ने विद्यालयले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने विद्यालयले २५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।  यस्तै प्रतियोगीताको अवधिभर उत्कृष्ट व्याटिङ र बलिङ गर्ने खेलाडीलाई तीन–तीन हजार पुरस्कार दिइनेछ भने प्रत्येक दिन प्लेयर अफ दि म्याच हुनेलाई एक हजार रुपैयाँ प्रदान गरिनेछ ।

विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सामुदायिक वनमा सात लाखको अनियमितता

विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

एमयूको चौथो दीक्षान्त समारोह भोली 

Leave a comment

Your email address will not be published. Required fields are marked *