भारतको मध्यप्रदेशमा ५४ यात्रु बो’केको बस ख’स्यो, २५ को श’व भेटियो

६ फागुन,

मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दु’र्घटना भएको छ । यात्रीले भ’रिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन ।स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । 

७ यात्रुको उ’द्धार गरिएको छ भने ड्राइभरले पौ’डी खेलेर आफ्नो ज्यान बचाएका छन । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर नि’कालिएको छ ।केही श’व बगेका छन् ।एएसपी अन्जुलता पटेलले २५ श’वलाई नि’कालिसकिएको जानकारी दिइन् । बाँकी सबै या’त्रीको मृ’त्युको आ’शंका गरिएको छ ।

उक्त दु’र्घटना बिहान करिब साढे सात बजेको हो ।प्रहरीका अनुसार बसको क्षमता ३२ जनाको थियो तर यसमा ५४ या’त्री थिए । सि’धा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेका थिए । उनले नहरको किनाराबाट बस गुडाउदै थिए । बाटो निकै साँघुरो भएकोले ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दु’र्घटना नि’म्तिएको बताइन्छका छन।

Leave a comment

Your email address will not be published. Required fields are marked *