बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ नेपाली’

काठमाडौँ । दश वर्षीया बालगायिका सफलता श्रेष्ठको स्वर रहेको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक भएको छ ।

विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

भिडियोमा पनि सफलताले नै अभिनय गरेकी छन् । अनामनगरस्थित नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलताको स्वर र अभिनयको तारिफ धेरैले गरेका छन् ।

सफलता चर्चित संगीतकार सन्तोष श्रेष्ठकी छोरी पनि हुन् । उनले बाबुकै पदचाप पछ्याउने छनक सार्वजनिक गीतबाट देखाएकी छन् ।

सफलता आफ्नो छोरी भएर भन्दा पनि उनको गायन क्षमता देखेर आफुले गीत गाउन लगाएको संगीतकार श्रेष्ठले बताए । श्रेष्ठले सफलताको स्वर गायन शैली पनि भिन्न रहेको सुनाए ।

देवेन्द्र नेवाःको संगीत संयोजन, हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ ।

बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ नेपाली’

भारतमा कोरोनाको तेस्रो वेभ फैलने खतरा, आगामी

बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ नेपाली’

‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय

Leave a comment

Your email address will not be published. Required fields are marked *