भारतमा कोरोनाको तेस्रो वेभ फैलने खतरा, आगामी १०० दिनमा बढी जोखिम

एजेन्सी । भारत सरकारले नै कोभिड-१९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ। भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो।

सरकारले नागरिकहरूलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले चेतावनी दिएका हुन्।

उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको बताए। त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने उल्लेख छ।

उनले भने, ‘हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ। हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्नेछ।’

हालै विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो। विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो।

यसअघि पनि भारतका अधिकारीहरूले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड-१९ को तेस्रो वेभ आउनसक्ने खतरा रहेको बताउँदै आएका थिए।

भारतमा कोरोनाको तेस्रो वेभ फैलने खतरा, आगामी १०० दिनमा बढी जोखिम

गाउँगाउँ सडक पुगे पनि ढुवानी गर्न खच्चडकै

भारतमा कोरोनाको तेस्रो वेभ फैलने खतरा, आगामी १०० दिनमा बढी जोखिम

बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ

Leave a comment

Your email address will not be published. Required fields are marked *