प्रधानमन्त्री देउवाले बोलाए पार्टी पदाधिकारीको अकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक डाकेका छन्। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुने नेता प्रदीप पौडेलले जानकारी दिए। क्रियाशिल सदस्यहरूका बारेमा उठेका समस्या र अहिलेसम्म भएका कामबारे सभापति देउवालाई ब्रिफिङ गर्ने विषय प्राथमिकतामा रहेको पौडेलले बताए।

महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरे माथि आक्रमण भएको थियो। घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए।

बैठकमा यो विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए। कांग्रेसको आसन्न १४ औं महाधिवेशन तयारी सन्दर्भमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पनि घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको थियो।

प्रधानमन्त्री देउवाले बोलाए पार्टी पदाधिकारीको अकस्मिक बैठक

भीरबाट खसेर एक किशोरीको मृत्यु, एक घाइते

प्रधानमन्त्री देउवाले बोलाए पार्टी पदाधिकारीको अकस्मिक बैठक

औद्योगिक क्षेत्रको ३४ औंं बार्षिकोत्सव

Leave a comment

Your email address will not be published. Required fields are marked *