भीरबाट खसेर एक किशोरीको मृत्यु, एक घाइते

अमर सुनार

दैलेख । शुक्रबार घाँस काट्ने क्रममा भीरबाट खसेर एक किशोरीको मृत्यु भएको छ भने एक घाइते भएकी छिन् । जिल्लाको भगवतीमाई गाउँपालिका–४ जगनाथमा एक किशोरीको मृत्यु भएको र अर्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय स्याउलीपाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसंगै भीरबाट खसेर १७ वर्षीया टीका बीसीको ज्यान गएको प्रहरी चौकी बेस्तडाका इञ्चार्ज असई ओमप्रकाश ढकालले जानकारी दिए ।

स्याउलीपाखा भीरबाट तीनसय मिटर तल गोर्खेखोलाको किनारमा खसेकी रोशनीको ढाँड र टाउँकोमा गम्भीर चोट लागेको कारण बेस्तडामा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ । घाइतेको उद्धारपछि प्रहरी र स्थानीयको प्रयासमा स्याउलीपाखा भीरमा सख्त घाइते अवस्थामा फेला परेकी टीका बीसीलाई उपचारको लागि दैलेख अस्पताल पु¥याए पनि बाटोमै प्राण गइसकेको दैलेख अस्पतालका डाक्टर जगत थापाले जानकारी दिए ।

मध्यपहाडी राजमार्गले ७ वटै छोएको भगवतीमाई गाउँपालिकाका स्थानीयहरु पहिलेदेखि नै पशुपालन गर्दै आएका छन् । किसानहरु भैंसीपालनबाट प्रसस्तै घिउ बेचेर राम्रो आमदानी गरिरहेका छन् । भैंसीका लागि घाँस काट्न जाँदा वर्षेनी ४–६ जनाको ज्यान जाने गरेको छ ।

ज्यान जानेमा प्राय महिलाहरु नै छन् । घाँस काट्न गएर ज्यान गुमाउँने र घाइते हुने महिलाहरुको संख्याले महिलाहरुले कृषि व्यवसाय धानेका अनुमान गर्न सकिन्छ ।पशुबस्तुहरू घरमै बाँधेर राख्ने र घाँसको सट्टा वैकल्पिक आहाराको प्रवन्ध गर्ने विधि नभित्रिएको कारण परम्परागत कृषि प्रणालीका कारण घाँस काट्न गएर ज्यान जाने गरेको जगनाथका अगुवा किसान रामबहादुर बुढाको भनाई छ ।

 

भीरबाट खसेर एक किशोरीको मृत्यु, एक घाइते

आफ्नै श्रीमानकाे हत्याको आरोपमा एक महिला पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *