आफ्नै श्रीमानकाे हत्याको आरोपमा एक महिला पक्राउ

अमर सुनार

दैलेख । श्रीमानकाे हत्या गरेको आरोपमा दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकी ३३ वर्षीया सुशीला मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

३४ वर्षीय सूर्य भन्ने खगेन्द्र मल्लको गएराति हत्याको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

बिहीबार राती साँढे ९ बजे डाँडाघर भन्ने माइतीघरमा काठको मुग्रोले हत्या गरेको आरोपित सुशीलाले प्रहरीलाई बताएकी छिन् । सासु नाता पर्ने आफन्तले हिजो साँझ टाटामाखुको एक पसलमा आफू माथि दुव्र्यवहार गरेको विषयमा ‘तिम्रो माइतीले मलाई बेइज्जती गरे’ भन्दै गरेको विवाद चरमोत्कर्षमा गई आफूले हत्या गरेको सुशीलाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

दैलेख अस्पतालमा मृतकको शव परीक्षण गरिएको अस्पतालका डा. जीवन ज्ञवालीले बताए । कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी प्राप्त भएको र सोको आधारमा घटनाको थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

गएराति साँढे ९ बजे डाँडाघर भन्ने माइतीघरमा काठको मुग्रोले हत्या गरेको भनिए पनि मृतकको टाउकोमा खुकुरी प्रहार भएको घाउचोट देखिएकोले अरुहरुको संलग्नता भएको हुन सक्ने पीडित पक्षको अनुमान छ । १५ वर्ष अघि विवाह गरेका सूर्य र सुशीलाका ३ वटा छोरी छन् ।

आफ्नै श्रीमानकाे हत्याको आरोपमा एक महिला पक्राउ

भीरबाट खसेर एक किशोरीको मृत्यु, एक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *