औद्योगिक क्षेत्रको ३४ औंं बार्षिकोत्सव

सुर्खेत । वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड’को ३४ औं वार्षिकोत्सव बनाएको छ । समितिले बार्षिकोत्सवको अबसरमा शुभकामना आदानप्रदान तथा औद्योगहरुको अनुगमन गरेको छ ।
कार्यक्रममा वीरेन्द्रनगर औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष केदार शर्मा, नेपाल उद्योग संघ कर्णाली प्रदेश समितिका अध्यक्ष पदबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्षमण कँडेल लगायतको सहभागिता रहेको थियो ।
उद्योगीहरुले वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा डारेक्ट विद्युतको लाइन भएका कारण भोग्नु परेको समस्या र नयाँ उद्यमीहरुको लागि जग्गाको अभाव भएको बताए । उनीहरुले नयाँ उद्योगीहरुका लागि तत्काल प्रदेशस्तरिय उद्योग स्थापना गर्नुपर्नेमा बताएका थिए ।
कार्यक्रम वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख जीवनाराणय बन्जाडेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।






