ठाटीकाँधमा किसानलाई मौरीका घार

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकाका कृषकलाई मौरीका १९० घार वितरण गरिएको छ । कृषि कार्यालय दैलेख र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा सेरेना जातको १९० घार मौरी वितरण गरिएको हो ।

गाउँपालिकामा मह उत्पादन बढाउन कृषि कार्यालय दैलेखको १५ लाख, गाउँपालिकाको ५ लाख ४२ हजार ९ सय रुपैयाँ लागतमा मौरी घार वितरण गरिएको साझेदारीमा आधारित स्थानीय तह विशेष कार्यक्रमका संयोजक छत्र जोल्मी मगरले बताए ।

उनका अनुसार गाउँपालिकाको वडा नम्बर २ को जौचवरमा २३ वटा, वडा नम्बर ४ मा ८७, वडा नम्बर ३ मा ४८ घार वितरण गरिएको छ भने बाँकी वितरण गर्न बाँकी रहेको उनले बताए ।

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरु गरिएको ठाटीकाँध-३ का नैनसिंह भण्डारी सुनाउँछन् । ‘मौरीपालनबाट फाइदा हुने रहेछ,’ उनले भने, ‘व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’

गाउँपालिकाको वडा नम्बर २ को माथिल्लो भेग, ३ को बाहकोट, माचखर्क, खुड्खुडी र ४ को गैरागाउँमा मौरीपालन व्यवसायबाट किसानले लाभ लिन सक्ने भएकाले मौरी वितरण गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

‘पालिकाका यी ठाउँमा मौरीपालनको प्रचुर सम्भावना छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर ल्याउनेछौँ । पालिकालाई महमा आत्मनिर्भर बनाउने योजना छ’, उनले भने ।

ठाटीकाँधमा किसानलाई मौरीका घार

ठाटीकाँधका किसानलाई बाँडियो मुर्रा जातका भैँसी

ठाटीकाँधमा किसानलाई मौरीका घार

मुगुको ताँजाकोटमा इन्टरनेट सेवा अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *