ठाटीकाँधका किसानलाई बाँडियो मुर्रा जातका भैँसी

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकाले किसानलाई ५० वटा मुर्रा जातका भैँसी वितरण गरेको छ ।

एक पालिका एक पकेट क्षेत्र उत्पादन कार्यक्रमअन्तर्गत ३० हजार किसानको, ९० हजार गाउँपालिका, प्रदेश र संघको साझेदारीमा रहेर पालिकाले ६ वटै वडामा ५० वटा मुर्रा जातका भैँसी वितरण गरेको हो ।

जिल्ला पशु अस्पताल, जिल्ला पशु सेवा कार्यालय दैलेखको २० र गाउँपालिका र प्रदेशको २५र२५ लाख साझेदारीमा ५० वटा मुर्रा जातको भैँसी वितरण गरिएको पशुपक्षी सेवा शाखा ठाटीकाँधका प्रमुख थीरबहादुर खड्काले बताए ।

‘पालिकामा पहिले भैँसी ल्याउने योजना गर्दा कसैले लिन मानेका थिएनन् । अहिले १ लाख २० हजार रुपैयाँ प्रतिवटा ५० भैँसी भित्र्याइएको छ’, खड्काले भने, ‘जब दुधालु भैँसी आए, लिनेको लाइनै लाग्यो । पुगाउनै हम्मेहम्मे भयो ।’

भैँसी खरिद गर्न ठाटीकाँध भैँसी पकेट कार्यक्रम खरिद समिति निर्माण गरेर भैँसि ल्याइएको उक्त कार्यक्रमका संयोजक महेन्द्रप्रसाद गौतमले बताए । ‘समितिमार्फत ४र५ ठाउँ हेरफेर गरेर दुधालु भैँसी ल्याउँदा निकै दुःख भयो । तर, गाउँपालिकाबाट कुनै सहयोग पाइएन’, संयोजक गौतमले भने ।

त्यस्तै १० लाख ससर्त अनुदानमा गाउँपालिकाको ६ वटै वडामा २५२ वटा बाख्रा वितरण गरिएको छ । ससर्त अनुदानअन्तर्गत १० लाख रुपैयाँ रकमले प्रतिवटा १० हजारका दरले खरिद गरी ५० प्रतिशत किसानको र ५० प्रतिशत गाउँपालिकाको साझेदारीमा २५२ बाख्रा वितरण गरिएको हो ।

प्रत्येक वडामा ४२ वटा बाख्रा र एक वडामा एक बोका गरी २५८ बोका बाख्रा वितरण गरिएको पशुपक्षी शाखा प्रमुख खड्काको भनाइ छ ।

ठाटीकाँधका किसानलाई बाँडियो मुर्रा जातका भैँसी

असारे विकासको विकृति

ठाटीकाँधका किसानलाई बाँडियो मुर्रा जातका भैँसी

ठाटीकाँधमा किसानलाई मौरीका घार

Leave a comment

Your email address will not be published. Required fields are marked *