कोटेश्वर महोत्सवमा खेलकुद प्रतियोगिता

दुर्गा विसि
सिम्ता, २ चैत्र ।
सिम्ता सुर्खेतमा आयोजित कोटेश्वर महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । तेस्रो अध्यक्ष कप रनिङ सिल्ड तथा पर्यटन, साँस्कृतिक महोत्सव २०७७ सिम्ताको पर्यटकीय क्षेत्र कोटेश्वर महोत्सब आयोजित संस्कृति तथा खेलकुद प्रतियोगिता सोमबार समापन गरिएको छ । फागुन २९ गते महाशिवरात्री पर्वको अवसरमा ३ दिनसम्म सञ्चालन भएको विभिन्न खेलकुद प्रतियोगिता भएको थियोे ।
दर्शकको आकर्षक र खेलको कडा प्रतिस्पर्धाका कारण ४ दिन खेलकुद प्रतियोगिता लम्बिएको थियोे । पर्यटन प्रवदन तथा वृहत् संस्कृति कार्यक्रमले समेत सिम्तामा रौनक छाएको थियोे । स्थानीय कला,मौलिकता झल्काउने झाँकी र सांस्कृतिको संरक्षण तथा पर्यटनलाई जोडेर महोत्सव आयोजना गरिएको थियोे । खेलकुदमा भलिबल प्रतियोगिता (महिला) प्रथम सिम्ता बहुमुखी क्याम्पस राकम र दोस्रो भानु मावि बजेडीचौर भएको छ ।
पुरूषतर्फ प्रथम ग्रामीण प्रतिभाशाली युवा क्लब खानिखोला, दोस्रो जनसन्देश युवा क्लब आग्रिगाँउ र तेस्रो सिम्ता वडा नं. ६ राकम भएको छ । उत्कृष्ट खेलाडी विक्रम शाही र अनुशासनतर्फ निरक घर्तीलाई सम्मानित गरिएको छ । ब्याडमिन्टन प्रतियोगिता तर्फ डवलमा प्रथम कमल रेग्मीको समुह र दोस्रो गोपाल महताराको टिम भएको छ ।
सिङगल तर्फ प्रथम विमल रेग्मी र दास्रो प्रकाश खत्री भएको आयोजकले जनाएको छ।म्याराथुन दौड प्रतियोगिता (कोटेश्वर देखि राजकाँडा दरबार सम्म) प्रथम तेजविक्रम केसी दोस्रो कृष्ण केसी र तेस्रो विनोद सुनार,घैटो फोर प्रतियोगितामा सफल अमर सिंह, रस्साकसी प्रतियोगितामा प्रथम मोहन विसिको टिम वजेडा आली, दोस्रो सुनिल बस्नेतको टीम बजेडिचौर र तेस्रो विवेक सिंहको टिम ठारको रहेको जनाएको छ ।
महिला कुर्सी प्रतियोगिता तर्फ प्रथम प्रतिमा थापा,दोस्रो जानकि सापकोटा र तेस्रो सिर्जना मल्ल,सटफुट प्रतियोगिता तर्फ प्रथम सुनिल बस्नेत,दोस्रो तेजविक्रम केसी र तेस्रो अमर सिंह,रातो भाले प्रतियोगिताको विजेता तेजविक्रम केसी,बुद्धि चालप्रतियोगिता सम्मर चन्द पिल्क,दोस्रो काली बहादुर मल्ल पिल्क र तेस्रो कुमार थापा काप्रिचौर भएको वताएको छ, ।सिम्ताका स्थानीय कला साँस्कृतिकहरूलाई सम्मान गरिएको थियोे । संधै सिम्ताको परम्परा, ेषभुषाको रक्षा गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको भनाई थियोे ।
शिवरात्री फाल्गुन २७ गते कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्द सिंह बुढाले कोटको थुम्को पर्यटन प्रवद्र्धनका निम्ति आयोजित खेलकुद प्रतियोगिताको उद्घघाटन गर्नुभएको थियोे । शिवरात्रीको अवसरमा कोटेश्वर क्षेत्रमा भव्य मेला समेत लाग्ने गरिएको छ । खेलकुद प्रतियोगिता स्थानीय खेलकुद विकास समिति, क्ल्व, सिम्ताली एकता समाजको समन्वय तथा सिम्ता गाउँपालिकाको आर्थिक सहयोगमा कोटको थुम्कोमा आयोजना गरिएको थियोे । उद्घघाटन सत्रमा प्रदेश सरकारका पर्यटन मन्त्री सहभागी कार्यक्रममा समापन सत्रमा गाउँपालिका परिवार, स्थानीय राजनीति दल,विभिन्न निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।







