वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ बाट लागूऔषध (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतले असार २८ गते साँझ साढे ६ बजे तिर ४२ वर्षिय लिलाराम पुरीलाइ लागूऔषध (ब्राउनसुगर) सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पुरीलाई उनकै घर अगाडी शंकाष्पद रुपमा बसिरहेको अवस्थामा एक ग्राम लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरेको जनाएको छ ।

साथै नेपाली र भारतीय नोट गरी जम्मा पचास हजार तीनसय ४० रुपैयाँ र मोबाईल, डिजिटल तराजू समेत बरामद गरेको छ ।

पुरीलाई पक्राउ गरि उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ

मन्त्री जनार्दन शर्माकाे यात्रा : उज्यालो नेपालका

वीरेन्द्रनगरबाट लागूऔषध सहित एकजना पक्राउ

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *