चीन सशंकित, आवश्यक रणनीति बनाउँदै

एजेन्सी । दक्षिण एसियाली छिमेकी अफगानिस्तानलाई कट्टरपन्थी तालिबानले लगभग आफ्नो नियन्त्रणमा लिँदै गर्दा चीन चिन्तित बनेको छ। काबुलबाट तालिबानले शासन नै चलाउने स्थिति उत्पन्न भएमा निम्तिने अवस्थासँग जुध्न बेइजिङ यतिखेर आवश्यक रणनीति बनाउनतर्फ लागेको छ।

सन् २००१ मा तालिबानको सहयोगमा आतंकवादी संगठन अलकायदाले अमेरिकामै हमला गरेपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण थालेको थियो। २० वर्षसम्म त्यहाँ युद्ध लडेको अमेरिकी गठबन्धन मुलुकहरूले यतिखेर आफ्ना सैनिक धमाधम फिर्ता गरिरहेका छन्।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीपछि उत्पन्न हुनसक्ने रिक्तताबीच दोस्रो महाशक्ति मुलुक चीनले त्यहाँ शान्ति स्थापना गर्न बहुपक्षीय वार्ता सबैभन्दा उत्तम उपाय भएको निस्कर्ष निकालेको छ।

अहिले अफगानिस्तानको अवस्था कतिसम्म गम्भीर छ भन्ने अन्दाज चीनको विदेश मन्त्रालयका तर्फबाट हालै दिइएको चेतावनीबाट आंकलन गर्न सकिने खबर बीबीसी हिन्दीमा छ। चीनले आफ्ना नागरिकलाई अफगानिस्तानबाट जतिसक्दो चाँडो निस्कन आग्रह गरेको छ।

चीन सशंकित, आवश्यक रणनीति बनाउँदै

इराकको कोभिड अस्पतालमा आगलागी, ४० जनाको मृत्यु

चीन सशंकित, आवश्यक रणनीति बनाउँदै

आइपिओ जारी गर्ने नर्भिक अस्पतालको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *