युवा संघले ब्यूँतायो युथफोर्स, एमाले छिट्टै सरकारमा फर्किने दाबी

 काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो ।

कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए ।

बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट जाँदा स्वागत गर्न समेत निर्देशन दिए । उनले भने, ‘बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन हुनेछ । हजारौं समर्थकले स्वागत गर्नेछन् ।’

बस्नेतले एमाले छिट्टै सरकारमा फर्किने दाबी गरे । सर्वोच्चको आदेशपछि प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाले एक महिनापछि विश्वासको मत नपाएपछि एमालेले बहुमतसहित दाबी गर्ने उनले बताए ।

युवा संघले ब्यूँतायो युथफोर्स, एमाले छिट्टै सरकारमा फर्किने दाबी

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

युवा संघले ब्यूँतायो युथफोर्स, एमाले छिट्टै सरकारमा फर्किने दाबी

सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न सकिने

Leave a comment

Your email address will not be published. Required fields are marked *