एमालेको इन्चार्जमा कँडेल सचिवमा रेग्मीलाई जिम्मेवारी

सुर्खेत, २९ फागुन ।

नेकपा एमालेले यामलाल कँडेललाई कर्णाली प्रदेशको इन्चार्ज तोकेको छ । एमालेको शुक्रवार बसेको बैठकले कँडेललाई पार्टीको प्रदेश इन्चार्ज तोकेको हो । यसअघि कँडेल नेकपा हुँदा सह इन्चार्ज थिए । यस्तै एमालेले गोरख बोगटीलाई सह इन्चार्ज तोकेको छ भने पार्टीको प्रदेश अध्यक्षमा गुलावजंग शाहले जिम्मेवारी पाएका छन् । यस्तै माओवादी केन्द्र छाडेका

कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई एमालेले कर्णालीको सचिव पद उपहार दिइएको छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिएको हो । सांसद रेग्मी २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र दैलेखबाट सांसदमा निर्वाचित भएका थिए । सांसद रेग्मीले केपी ओली र माधव– प्रचण्ड समूह अलग भएका बेला ओली समूहलाई साथ दिन गएका थिए ।

एमालेको इन्चार्जमा कँडेल सचिवमा रेग्मीलाई जिम्मेवारी

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज

एमालेको इन्चार्जमा कँडेल सचिवमा रेग्मीलाई जिम्मेवारी

समयमै उद्दार नहुँदा सुत्केरीको ज्यान गयो

Leave a comment

Your email address will not be published. Required fields are marked *